FAQs Complain Problems

अदानचुली गाउँपालीकाको वडा नं ४ ले आफ्नो वडाका ७२ जना जेष्ठ नागरिकलाई चिसोबाट बच्न न्यानो कम्मल बितरण गर्दै

अदानचुली गाउँपालीकाको वडा नं ४ ले आफ्नो वडाका ७२ जना जेष्ठ नागरिकलाई चिसोबाट बच्न न्यानो कम्मल बितरण गरेको छ ।

वडाको समाजिक सुरक्षा कार्यक्रम अन्तरगत जेष्ठ नागरिकलाई कम्मल वितरण गरेको वडा अध्यक्ष विष्नु थापाले जानकारी दिए । वडा परिषदले चालु आर्थिक वर्षको वार्षिक बजेटबाट विनियोजन गरेको रु २ लाख रकमले वडामा भएका जेष्ठ नागरीक, एकल महिला र अपाङ्ग गरी ७२ जनालाई बाक्लो कम्मल बितरण गरेको हो ।

वडा भित्रका २२ जना ७० वर्ष उमेर पुगेका जेष्ठ नागरीक, २४ जना एकल महिला र परिचय पत्र भएका १३ जना अपाङ्गलाई आज एक कार्यक्रमका बिच उक्त कम्मल वितरण गरेको वडा अध्यक्ष थापाले नेपालबोटलाई जानकारी दिए ।

कम्मल वितरण कार्यक्रममा उपस्थित नभएका तर कम्मल पाउनेमा नाम भएको जेष्ठ नागरिक, एकल महिला र अपाङ्गलाई वडा कार्यालयमा सम्पर्क गरेर लिन आग्रह गरेका वडा अध्यक्ष थापाका अनुशार हिउँदको जाडोबाट बच्ने कपडा किन्ने आर्थिक अवस्था कमजोर भएकालाई वडाले यस्तो गरेको हो ।

आर्थिक वर्ष: